Kathmandu Press

यू–१९ एसिया कप : पाकिस्तानविरुद्ध नेपाल ब्याटिङमा

पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिला ब्याटिङ गर्न लागेको हो।
यू–१९ एसिया कप : पाकिस्तानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं, मंसिर २२ : यूएईमा आजबाट सुरु भएको यू–१९ एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।

पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिला ब्याटिङ गर्न लागेको हो।

Hardik ivf

यू–१९ विश्वकपको तयारीमा हेरिएको प्रतियोगितामा नेपालले समूह चरणमा अन्य दुई टेस्ट राष्ट्र भारत र अफगानिस्तानसँग पनि खेल्ने छ।

पाकिस्तानविरुद्ध नेपालले ३ स्पिनर र २ फास्टबलरलाई टिममा राखेको कप्तान देव खनालले बताएका छन्।

नेपाली टिमः देव खनाल, अर्जुन कुमाल, तिलकराज भण्डारी, आकाश त्रिपाठी, विपिन रावल, गुल्सन झा, दीपेश कँडेल, विशालविक्रम केसी, आकाश चन्द, सुवास भण्डारी, उत्तमरञ्जु थापामगर।

प्रकाशित मिति: ११:२० बजे, शुक्रबार, मंसिर २२, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्