Kathmandu Press

यू-१९ एसिया कपमा पाकिस्तानसँग खेल्दै नेपाल

खेल नेपाली समय अनुसार विहान सवा ११ बजे दुबईको आईसीसी ओभल क्रिकेट मैदानमा सुरू हुनेछ।
यू-१९ एसिया कपमा पाकिस्तानसँग खेल्दै नेपाल

काठमाडौं, मंसिर २२ : यूएईमा आजदेखि सुरू हुने यू-१९ एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानको सामना गर्दैछ।

खेल नेपाली समय अनुसार विहान सवा ११ बजे दुबईको आईसीसी ओभल क्रिकेट मैदानमा सुरू हुनेछ।

Hardik ivf

राष्ट्रिय टिमबाट खेलिसकेका देव खनालको कप्तानीमा रहेको नेपाली टोलीमा सिनियर टोलीका अलराउण्डर गुल्सन झा पनि समावेश छन्।

पुस १ गतेसम्म चल्ने प्रतियोगितामा नेपालसहित ८ देशको सहभागीता छ। नेपाल, भारत, अफगानिस्तान र पाकिस्तान समूह ‘ए’ मा छन् भने युएई, जापान, श्रीलंका र बंगलादेश समूह ‘बी’मा छन

एसिया कपलाई आगामी वर्ष दक्षिण अफ्रिकामा हुने यू–१९ विश्वकप खेलको तयारीको रूपमा पनि हेरिएको छ। अहिले सहभागी टिममध्ये यूएई र जापानबाहेकका सबै टोलीले विश्वकप खेल्नेछन्।

विश्वकपमा नेपालको समूह ‘डी’मा छ, जहाँ न्यूजिल्यान्ड, अफगानिस्तान र पाकिस्तान छन् ।  नेपालले पछिल्ला ११ अन्तर्राष्ट्रिय यू–१९ खेलमा अपराजित रहँदै दुई उपाधि जितेको छ।

 

प्रकाशित मिति: १०:२१ बजे, शुक्रबार, मंसिर २२, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्