कोरोनाका कारण इटालीका सबै बिद्यालय बन्द
काठमाडौं, फागुन २२ : कोरोनाभाइरसको प्रकोप चीन बाहिर सबैभन्दा बढि इटालीमा देखिएको छ । इटालीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ सय ७ पुगेपछि सबै ब....

काठमाडौं, फागुन २२ : कोरोनाभाइरसको प्रकोप चीन बाहिर सबैभन्दा बढि इटालीमा देखिएको छ । इटालीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ सय ७ पुगेपछि सबै बिद्यालयहरु १० दिनका लागि बन्द गरिएको छ ।
पछिल्लो २४ घण्टामा इटालीमा थप २८ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ७ पुगेको हो । संक्रमित हुने मानिसको संख्या ३ हजार ८९ छ । ५ सय ८७ जनामा संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएसँगै संक्रमित हुनेको संख्या ३ हजार नाघेको हो ।
कोरोनाभाइरसको संक्रमण फैलिन नदिने प्रयासस्वरुप सबै विद्यालय बन्दको निर्णय गरिएको इटाली सरकारले जनाएको छ । यस्तै सबै व्यवसायिक खेलकुद प्रतिस्पर्धाहरु बन्द रंगशालामा हुने भएका छन् ।
यसरी बन्द रंगशालमा हुने खेलमा इटालियन सिरी ए फुटबल अन्तर्गतका खेलहरु छन् । रंगाशाला बन्द गरिदा दर्शकहरु नआउने र संक्रमण कम हुने ठानिएको छ ।












