Kathmandu Press

खेलकुदमन्त्री भन्छन्– खेल नीति बनाउन निरन्तर लागेका छौं

मन्त्री लिम्बूले सबै खेलका खेलाडीहरूले राम्रो सुविधा पाउन सक्ने र राम्रो व्यवस्थापन गर्न सकिने नीति निर्माण गर्नेतर्फ आफूले प्रयास गरिरहेको बताए।
खेलकुदमन्त्री भन्छन्– खेल नीति बनाउन निरन्तर लागेका छौं

काठमाडौं, मंसिर २० : युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले सरकार खेलाडिहरुले राम्रो सुविधा व्यवस्थापनका लागि नीति निर्माणमा लागि परेको बताएका छन्।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले अहिले नीतिगत रुपमा गरिएका व्यवस्थाहरु अनुसारका सुविधा प्रयाप्त नभएको भन्दै यसलाई अगाडी बढाउन सरकार दृढ रहेको बताए।

Hardik ivf

‘खेलाडीले पाउनुपर्ने सेवा, सुविधाहरु नीतिगत रुपमा व्यवस्था गरिएको छ। अझ त्यसलाई बढाउनुपर्छ भन्ने पक्षमा छु म। दुख गरेर देश र जनताको लागि खेलेका खेलाडीका लागि अरु सुविधा बढाउनुपर्छ,’ उनले भने।

मन्त्री लिम्बूले सबै खेलका खेलाडीहरूले राम्रो सुविधा पाउन सक्ने र राम्रो व्यवस्थापन गर्न सकिने नीति निर्माण गर्नेतर्फ आफूले प्रयास गरिरहेको बताए।

मन्त्री लिम्बुले सबै खेलसँग सम्बन्धित संघसस्थाहरुले राम्रोसँग काम कारबाही गर्न नसक्दा खेलाडी ाउनु पर्ने सेवा सुविधाबाट बञ्चित हुनुपरेको टिप्पणी गरे।

‘खेलाडीले दुःख, मेहेनत गरेका छन्, तर पाउनुपर्ने सेवा सुविधा पाएका छैनन्। कतिपय खेल संघहरूको पछि किन मन्त्री लागेको होला भन्छन्,’ उनले भने,  तर, समग्रमा मन्त्रालयसँग सम्बन्धित खेल संघहरुको के छ भने कति संघले साधारणसभा नै नगर्ने आवधिक रुपमा निर्वाचन पनि नगर्ने त्यसपछि त्यहाँ आवद्ध खेलाडीहरुले सुविधा नपाउने भयो।’

खेलाडीहरुले देशको हित र विकासमा महत्वपुर्ण भूमिका निर्वाह गरेको भन्दै उनीहरुको सेवा, सुविधा बढाउने कुरामा सरकारले कुनै कसुर बाँकी नराख्ने मन्त्री लिम्बुको भनाइ थियो।

 

प्रकाशित मिति: १४:५७ बजे, बुधबार, मंसिर २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्