Kathmandu Press

म्यान्चेस्टर सिटी र लेष्टर सिटी एफए कपको क्वाटरफाईनलमा 

काठमाडौं, फागुन २२ : म्यान्चेस्टर सिटी, लेष्टर सिटी र नरिच सिटी एफए कप फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।

गएराती भएको खेलम....

म्यान्चेस्टर सिटी र लेष्टर सिटी एफए कपको क्वाटरफाईनलमा 

काठमाडौं, फागुन २२ : म्यान्चेस्टर सिटी, लेष्टर सिटी र नरिच सिटी एफए कप फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।

गएराती भएको खेलमा शेफिल्ड वेनस्डेलाई १–० ले हराउँदै म्यान सिटी क्वाटरफाइनलमा उक्लेको हो । खेलमा सिटीका लागि सर्जियो अगुएरोले ५३ औं मिनेटमा निर्णायक गोल गरे । राउण्ड अफ सिक्सटिनकै अर्को खेलमा टोटनह्याम हट्सपरलाई टाइ ब्रेकरमा हराउँदै नरिच सिटी पनि क्वाटरफाइनलमा पुगेको छ ।

निर्धारित र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल टाइ ब्रेकरमा पुगेको थियो । टाइ ब्रेकरमा नरिच ३–२ ले विजयी भयो ।

गएराती भएको अर्को खेलमा बर्मीङ्घम सिटीलाई १–० ले हराउँदै लेष्टर सिटी क्वाटरफाईनलमा पुगेको छ । 

प्रकाशित मिति: ०७:१७ बजे, बिहीबार, फागुन २२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्