कास्कीमा डेढ किलो गाँजासहित २ जना पक्राउ
अवैध लागूऔषध गाँजा १ किलो ५ सय ग्रामसहित सोही महानगरपालिका–१४ समिनतारा बस्ने २० वर्षीय पूर्ण तामाङसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
कास्की, मंसिर २० : कास्कीमा अवैध लागूऔषध डेढ किलो गाँजासहित दुई जना पक्राउ परेका छन्।
जिल्लाको पोखरा महानगरपालिका–१४ नयाँपुलबाट अवैध लागूऔषध गाँजा १ किलो ५ सय ग्रामसहित सोही महानगरपालिका–१४ समिनतारा बस्ने २० वर्षीय पूर्ण तामाङसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
महानगरपालिका–१४ नयाँपुलबाट एक जनाको साइकल खोसी लगेको भन्ने गोप्य सूचनाको आधार वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले उक्त साइकल र पूर्ण तामाङको कोठाबाट उक्त मात्रामा गाँजा गरी दुवै जनालाई नियन्त्रणमा नियन्त्रणमा लिएको हो।
यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको कास्की प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति: १२:५८ बजे, बुधबार, मंसिर २०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(32)-1764944804.jpeg)
