बलात्कारको आरोपमा पूर्वडिएसपी खिउजु पक्राउ
काठमाडौं, फागुन २१ : बलात्कारको आरोपमा नेपाल प्रहरीका पूर्व प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार खिउजु पक्राउ परेका छन्।
क....

काठमाडौं, फागुन २१ : बलात्कारको आरोपमा नेपाल प्रहरीका पूर्व प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार खिउजु पक्राउ परेका छन्।
कार्यकक्षमै एक महिलालाई बलात्कार गरेको अभियोगमा बुधबार महानगरीय प्रहरी परिसर, जावलाखेलको टोलीले पूर्वडिएसपी खिउजूलाई भक्तपुरबाट पक्राउ गरेको ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए।
उनका अनुसार खिउजुको पाटन अस्पतालमास्वास्थ्य परीक्षण गरेर हिरासतमा राखिएको छ। प्रहरी रिपोर्ट बनाउन महानगरीय प्रहरी वृत्त, चापागाउँ पुगेकी एक महिलालाई सहयोग गर्ने बहानामा खिउजुली ३० माघ २०७५ मा बलात्कार गरेको उजुरीमा उल्लेख छ।
ती पीडित महिलाले एक गैरसरकारी संस्थाको सहयोगमा झण्डै एक वर्षपछि गत २२ माघमा ललितपुर प्रहरीमा किटानी जाहेरी दिएकी थिइन्। उनकै जाहेरीका आधारमा प्रहरीले खिउजुलाई पक्राउ गरेको हो।











