Kathmandu Press

ललितपुर र वीगञ्जबीचको रोमाञ्चक खेल २–२को बराबरीमा

रोमाञ्चक खेलमा दुवै टिमले लिएको अग्रता जोगाउन नसक्दा अंक बाँडे।
ललितपुर र वीगञ्जबीचको रोमाञ्चक खेल २–२को बराबरीमा

काठमाडौं, मंसिर १९ : दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत मंगलबार भएको ललितपुर एफसी र वीरगञ्ज युनाइटेडबीचको रोमाञ्चक खेल २–२ गोलको बराबरीमा सकिएको छ।

रोमाञ्चक खेलमा दुवै टिमले लिएको अग्रता जोगाउन नसक्दा अंक बाँडे। ललितपुरका लागि इमोन इकेजे र निखिल कादामले गोल गरे भने वीरगञ्जका विलियम ओपोकु र कृपाकान्त थारुले गोल गरे।

Hardik ivf

१०औं मिनेटमा ओपोकुको गोलमा खेलमा वीरगञ्जले सुरुआती अग्रता लियो। त्यसको तीन मिनेटपछि नै इकेजेले गोल गर्दै खेललाई १–१को बराबरीमा ल्याए।

३९औं मिनेटमा निखिलले गोल गरेपछि निखिले गोल गरेपछि पहिलो हाफमा ललितपुरले २–१को अग्रता लियो। तर, दोस्रो हाफको सुरुआतमै वीरगञ्जले बराबरी गोल फर्कायो। दोस्रो हाफमा मैदान छिरेका कृपाकान्तले गोल गरे।

त्यसपछि गोल नहुँदा खेल २–२ गोलको बराबरीमा सकियो। यो लतिलपुरको लगातार तेस्रो बराबरी हो । पहिलो खेले जितेपछि ललितपुरले लागातार बराबरी खेलेको छ। उसको ४ खेलमा ६ अंक भएको छ।

यता, सुरुआती २ खेलमा पराजित भएको वीरगञ्जले भने पहिलो अंक जोडेको छ।

प्रकाशित मिति: १९:५७ बजे, मंगलबार, मंसिर १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्