बलात्कार प्रयासको आरोपमा नेकपा सांसद रावल प्रहरी नियन्त्रणमा
धनगढी, फागुन २१ : बलात्कार प्रयास गरेको आरोपमा सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेशका सांसद अक्कल रावललाई प्रहरीले न....

धनगढी, फागुन २१ : बलात्कार प्रयास गरेको आरोपमा सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेशका सांसद अक्कल रावललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
एक महिलाले दिएको उजुरीका आधारमा प्रहरीले सांसद रावललाई बुधबार नियन्त्रणमा लिएको हो। कैलालीका डिएसपी दक्षकुमार बस्नेतका अनुसार सांसद रावल आफैँ प्रहरी कार्यालयमा उपस्थित भएका थिए। त्यसपछि प्रहरीले महिलामाथि बलात्कारको प्रयास गरेको भन्ने घटनाबारे अनुसन्धान गर्न उनलाई नियन्त्रणमा लिएको डिएसपी बस्नेतले बताए।
धनगढी उपमहानगरपालिका–४ उत्तर बेहडीकी एक विवाहित महिलाले रगत फागुन १४ मा रावलले आफूलाई जबरजस्ती करणी गर्न खोजेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्। ती महिलाले सांसद रावलले आफूमाथि माघ २१ मा बलात्कारको प्रयास गरेको जाहेरीमा दाबी गरेकी छिन्।
सांसद रावलविरुद्ध बिहीबारमात्रै अदालतबाट म्याद थप हुने डिएसपी बस्नेतले बताए। रावल अछाम क्षेत्र नम्बर २ को ‘ख’ बाट निर्वाचित भएका थिए।











