Kathmandu Press

यू–१९ एसिया कपका लागि नेपाली टिमको बिदाई

देव खनालको कप्तानीमा रहेको एसिया कप खेल्ने नेपाली टिमलाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै बिदाई गरे।
यू–१९ एसिया कपका लागि नेपाली टिमको बिदाई

काठमाडौं, मंसिर १९ : युएईमा आयोजना हुने यू–१९ एसिया कपमा सहभागी हुने नेपाली क्रिकेट टिमको बिदाई गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार एक कार्यक्रम आयोजना गर्दै नेपाली टिमको बिदाई गरेको हो।

देव खनालको कप्तानीमा रहेको एसिया कप खेल्ने नेपाली टिमलाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै बिदाई गरे। उनले नेपाली टिमलाई राम्रो प्रदर्शनका लागि शुभकामना दिए।

Hardik ivf

एसिया कपमा नेपाल भारत, पाकिस्तान र अफगानिस्तानसँगै समूह एमा छ। डिसेम्बर ८ बाट युएईमा सुरु हुने प्रतियोगितामा नेपालले पहिलो दिन नै पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ।

नेपालले दोस्रो खेल डिसेम्बर १०मा अफगानिस्तानसँग खेल्ने छ भने समूहको अन्तिम खेल भारतसँग डिसेम्बर १२ मा खेल्नेछ। समूहका शीर्ष २ टिम सेमिफाइनलमा पुग्ने छन्।

प्रतियोगिताका लागि नेपाली टिम भोलि यूएई प्रस्थान गर्ने छ।

नेपाली टिम : देव खनाल, गुलसन झा, अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे, हेमन्त धामी, दिपेश प्रसाद कँडेल, विशाल बिक्रम केसी, सुबास भण्डारी, दिपक बोहोरा, उत्तम थापा मगर, विपिन रावल, तिलक राज भण्डारी, आकाश चन्द र दीपक बोहरा।

प्रकाशित मिति: १६:५९ बजे, मंगलबार, मंसिर १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्