Kathmandu Press

‘बागी ३’ ट्रेलर हेरेरै ‘एड्भान्स बुकिङ सोल्ड आउट’

काठमाडौं, फागुन २१ : अभिनेता टाइगर श्राफको चलचित्र ‘बागी ३’ बलिउडको बहु–प्रतिक्षित छ। एक्सनमा आधारित यस चलचित्रको ट्रेलरले दर्शकको र....

‘बागी ३’ ट्रेलर हेरेरै ‘एड्भान्स बुकिङ सोल्ड आउट’

काठमाडौं, फागुन २१ : अभिनेता टाइगर श्राफको चलचित्र ‘बागी ३’ बलिउडको बहु–प्रतिक्षित छ। एक्सनमा आधारित यस चलचित्रको ट्रेलरले दर्शकको राम्रो साथ पाएको छ।

बक्स अफिस इन्डिया डटकम को रिपोर्टअनुसार मार्च ६ मा रिलिज मिति तोकिएको सिनेमाको रिलिज अगावै ‘एड्भान्स बुकिङ सोल्ड आउट’ भइसकेको छ। 

Hardik ivf

‘बागी’ पछि टाइगर श्राफ र श्रद्धा कपुर पुनः ‘बागी ३’ मा जोडीका रूपमा देखिँदै छन्। अभिनेता रितेश देशमुखको पनि चलचित्रमा मुख्य भुमिका रहेको छ।

चलचित्रको ओपनिङ कलेक्सन ‘बागी २’ जति नहुने हो कि भन्ने अनुमान पनि गरिएको छ । ‘बागी २’ ले २५ करोडसहित बम्पर सुरुवात गरेको थियो।

प्रकाशित मिति: १७:४० बजे, बुधबार, फागुन २१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्