हङकङको हारसँगै नेपालको एसिया कप सपना अधुरै
काठमाडौं, फागुन २१ : एसिया कप छनोटका रुपमा रहेको एसिसी इस्टर्न टी–२० प्रतियोगितामा बुधबार हङकङ पराजित भएसँगै नेपालको एसिया कप खेल्ने सपना अधुरै ....

काठमाडौं, फागुन २१ : एसिया कप छनोटका रुपमा रहेको एसिसी इस्टर्न टी–२० प्रतियोगितामा बुधबार हङकङ पराजित भएसँगै नेपालको एसिया कप खेल्ने सपना अधुरै रहेको छ। थाइल्यान्डस्थित ट्रेडथाइ रंगशाला बुधबार भएको दोस्रो खेलमा हङकङ सिंगापुरसँग १६ रनले पराजित भएसँगै नेपाल एसिया कप छनोटमा पुग्न असफल भएको हो।
सिंगापुरविरुद्ध हङकङले जित निकालेको भए नेपालको एसिया कप छनोटमा पुग्ने सम्भावना जिवितै रहने थियो। तर, हङकङ पराजित भएसँगै नेपालको सबै सम्भावना समाप्त भयो।
नेपालले सुरुवाती २ खेलमा खराब प्रदर्शन गरेको थियो। ब्याटिङ नचेलेपछि नेपाल पहिलो खेलमा मलेसियासँग २२ रनले पराजित भएको थियो भने दोस्रो खेलमा हङकङसँग ४३ रनको फराकिलो हार बेहोरेको थियो। बुधबार नै भएको पहिलो खेलमा नेपालले थाइल्यान्डमाथि ९ विकेटको किर्तिमानी जित निकालेको थियो।
यता, लगातार तेस्रो जितसँगै सिंगापुरले एसिया कप छनोटमा स्थान सुरक्षित गरेको छ। यअसघि सिंगापुरले मलेसिया र थाइल्यान्डमाथि फारकिलो जित निकालेको थियो।
इस्टर्न रिजन प्रतियोगिताबाट शीर्ष दुई टिम एसिया कप छनोटमा पुग्ने छन्। एसिया कप छनोटमा पुग्ने दोस्रो टिमको टुंगो हङकङ र मलेसियाबीचको खेलले निर्धारण गर्ने छ। दुवैले समान २ जित निकालेका छन्।
सिंगापुर १६ रनले विजयी
बुधबार भएको खेलमा सिंगापुरले बलियो हङकङलाई १६ रनले पराजित ग¥यो। सिंगापुरले दिएको १६९ रनको लक्ष्य पछ्याएको हङकङले २० ओभरमा ८ विकेट गुमाउँदै १५२ रन मात्र बनाउन सक्यो।
हङकङका लागि जेम्स एट्किन्सनले सर्वाधिक ५० रन बनाए भने स्कट स्टेफनले १८ र सहिद वासिफले १७ रनको योगदान दिए । सिंगापुरका आर्यमन सुनील, आहन आचर र अनन्था कृष्णले समान २ विकेट लिए।
यसअघि पहिला ब्याटिङ गरेको सिंगापुरले निर्धारि २० ओभरमा ५ विकेट गुमाउँदै १६८ रन बनायो। उसका लागि टिम डेबिडले सर्वाधिक ५८ रन बनाए भने मनप्रित सिंहले ४२ र सुरेन्द्रन चन्द्रमोहनले ३२ रन बनाए। हङकङका अफ्ताब हुसैनले २ विकेट लिए।











