प्रधानमन्त्रीलाई मिर्गौला दान दिने समीक्षाको स्वास्थ्य सामान्य : चिकित्सक
काठमाडौं, फागुन २१ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दिने उनकी भान्जी समीक्षा संग्रौलाको स्वास्थ्य स्थिति पनि सामान्य रहेको चिकित्स....

काठमाडौं, फागुन २१ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दिने उनकी भान्जी समीक्षा संग्रौलाको स्वास्थ्य स्थिति पनि सामान्य रहेको चिकित्सकहरुले बताएका छन्।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशक प्रा.डा. प्रेम कृष्ण खड्गाले समीक्षाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका हुन्। ‘प्रधानमन्त्रीलाई आफ्नो एउटा मिर्गौला दान गर्ने भान्जी समीक्षाको स्वास्थ्य स्थिति पनि सामान्य रहेको छ,’ उनले भने।
उनका अनुसार समीक्षाको होस आइसकेको र उनलाई वार्डमा सारिसकिएको छ। भान्जी समीक्षाले मिर्गाैला दान दिएपछि प्रधानमन्त्री ओलीको मिर्गाैलाको पुन: प्रत्यारोपण बुधबार नै सफल भएको छ।
मिर्गौलाको पुन: प्रत्यारोपण सफल भएपछि प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिर रहेको उनले बताए। उनका अनुसार प्रधानमन्त्री ओलीको प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न पनि सुरु गरिसकेको र प्रत्यारोपण उपचार कक्षमै राखेर उपचारलाई निरन्तरता दिइनेछ।
प्रधानमन्त्री ओलीले झण्डै १२ वर्षपछि बुधबार दोस्रो पटक मिर्गौलाको पुनः प्रत्यारोपण गराएका हुन्।











