Kathmandu Press

एरिक विष्टका सानदार फ्रिकिक गोलमा बुटलब विजयी, पेनाल्टीमा फेरि चुक्यो इलाम

आइतबार साँझ दशरथ रंगशालामा भएको खेलमा एरिकले फ्रिकिकमा सानदार गोल गरेपछि बुटलले स्पोर्टिङ इलाम एफसीलाई २–१ले हरायो।
एरिक विष्टका सानदार फ्रिकिक गोलमा बुटलब विजयी, पेनाल्टीमा फेरि चुक्यो इलाम

काठमाडाैं, मंसिर १७ : राष्ट्रिय मिडफिल्डर एरिक विष्टको कप्तानीमा रहेको बुटल लुम्बिनी एफसीले एनएसएलमा पहिलो जित निकालेको छ।

आइतबार साँझ दशरथ रंगशालामा भएको खेलमा एरिकले फ्रिकिकमा सानदार गोल गरेपछि बुटलले स्पोर्टिङ इलाम एफसीलाई २–१ले हरायो।

यता, इलाम लगातार दोस्रो खेलमा गोल गर्न असफल भयो। अघिल्लो खेलमा झापासँग गोल गर्न चुकेको इलाम बुटबलसँग पनि पेनाल्टीमा गोल गर्न चुक्यो। उसका फाडे कमाराको प्रहार बुटबलका किपरले रोकेका थिए।

खेलमा अग्रता बुटवलले ४८ औं मिनेटमा लियो। उसका स्टेफन समिर बिनोङले जिलेस्पीजङ कार्कीको पासमा गोल गरेका थिए। ५८औं मिनेट इलामले पेनाल्टीमा गोल गर्न नसक्ने बराबरीको अवसर गुमायो।

७९औं मिनेटमा अब्दुलाये बाले गोल गर्दै इलामलाई खेल फर्काए। उनले अमथ एनडाको पासमा बराबरी गोल गरेका थिए। तर, ८८औं मिनेटमा ३५ यार्ड टाढाबाट फ्रिकिकमा उत्कृष्ट गोल गर्दै कप्तान एरिकले टिमलाई पहिलो जित दिलाए।

तीन खेलमा दुवै टिमको समान ३ अंक भएको छ।

प्रकाशित मिति: २०:१९ बजे, आइतबार, मंसिर १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्