Kathmandu Press

कोरोनाले चाइनिज ताइपेइ र अस्ट्रेलियाविरुद्धको खेल अन्योलमा

काठमाडौं, फागुन २१ : कोरोना भाइरसका कारण चैत दोस्रो साताका लागि तय भएको विश्वकप छनोटको खेल अन्योलमा परेको छ। चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको स....

कोरोनाले चाइनिज ताइपेइ र अस्ट्रेलियाविरुद्धको खेल अन्योलमा

काठमाडौं, फागुन २१ : कोरोना भाइरसका कारण चैत दोस्रो साताका लागि तय भएको विश्वकप छनोटको खेल अन्योलमा परेको छ। चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको सन्त्रासका कारण चाइनिज ताइपेइ र अस्ट्रेलियाविरुद्धको खेल अन्योलमा परेको हो। 

केही दिनअघि विश्वस्वास्थ्य संगठनले नेपालमा उच्च जोखिम रहेको बताएको थियो। दशरथ रंगशालामा हुने खेल के हुन्छ? भन्ने बारेमा अखिल नेपाल फुटबल संघ आफैं अन्योलमा देखिएको छ। एन्फाले खेलको तयारी गरिरहेपनि फिफा र एएफसीको निर्देशन समेत कुरिरहेको छ। 

‘हामीले तयारी गरिरहेका छौं। कोरोनाको सन्त्रास बढेको छ। विदेशी लिगका खेलसमेत प्रभावित बनेका छन्,’ एन्फाका प्रवक्ता किरण राईले काठमाडौं प्रेससँग भने, ‘अहिलेसम्मको अवस्थामा खेल हुन्छ। तर, फिफा र एएफसीको निर्देशन आएको खण्डमा स्थगित हुन्छ।’  

सन् २०२२ मा कतारमा हुने विश्वकप र सन् २०२३ मा चीनमा एसिया कपको दोस्रो चरणको छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपालले होम गेम खेल्न लागेको हो। नेपालले चैत १३ गते चाइनिज ताइपेइ र १८ गते अस्ट्रेलियासँग खेल्नेछ। 

विश्वकप छनोट अन्तर्गतको होम गेमका लागि एन्फाले फागुन १८ गतेदेखि बन्द प्रशिक्षण सुरु गरेको छ। 

कोरोनाकै संक्रमणकै कारण विश्वकप छनोटकै इरान र कोम्बोडियाबीच खेल एसियाली फुटबल महासंघ (एएफसी)ले स्थागित गरिसकेको छ। यस्तै, महिला ओलम्पिक छनोटअन्तर्गत चीनको खेल दोस्रो देशमा आयोजना गर्ने निर्णय भएको छ। 

यसैगरी गत सोमबार बसेको एएफसीको आकस्मिक बैठकले एएफसी च्याम्पियन्स लिगको इस्ट जोनका खेल पनि स्थगित गरेको छ । एएफसीले मार्च र अप्रिलका लागि तय भएका खेल मेसम्म स्थगित गर्ने निर्णय गरेको छ।

प्रकाशित मिति: १५:०१ बजे, बुधबार, फागुन २१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्