Kathmandu Press

भुवनको उत्कृष्ट कमब्याक

काठमाडौं, फागुन २१ : अफ स्पिनर भुवन कार्कीले राष्ट्रिय टिममा उत्कृष्ट कमब्याक गरेका छन्।

तीनवर्षपछि बुधबार थाइल्यान्डस्थित ट्रेडथाई रंगशालाम....

भुवनको उत्कृष्ट कमब्याक

काठमाडौं, फागुन २१ : अफ स्पिनर भुवन कार्कीले राष्ट्रिय टिममा उत्कृष्ट कमब्याक गरेका छन्।

तीनवर्षपछि बुधबार थाइल्यान्डस्थित ट्रेडथाई रंगशालामा राष्ट्रिय टिमको जर्सीमा मैदान उत्रिएका भुवनले आयोजक थाइल्यान्डविरुद्ध चार ओभरमा एक मेडनसहित ६ रन खर्चँदै एक विकेट लिएर पुनरागमनलाई सुखद् बनाए। कमब्याकलाई उत्कृष्ट बनाउने क्रममा भुवनले बुधबार थाइल्यान्डविरुद्ध निकै किफायति बलिङ गरे।

सातौं ओभरमा आफ्नो पहिलो स्पेल लिएर आएका भुवनले दुई रन मात्र दिए। यस्तै उनले दोस्रो र तेस्रो ओभरमा पनि समान दुई रन मात्र दिए। चौथो ओभरमा भने भुवनले मेडन विकेट लिए।

आफ्नो चौथो ओभरको चौथो बलमा हेनो जोर्डनलाई क्लिन बोल्ड गर्दै भुवनले आफ्नो कमब्याकलाई उत्कृष्ट बनाए। तीन वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका उनले थाइल्यान्डविरुद्ध १८ डट बल गरेका थिए।

सन् २०१७ मा इमर्जिङ टिम्स कपमा हङकङविरुद्ध खेलेयता भुवन राष्ट्रिय टिमबाहिर रहँदै आएका थिए। एसिसी इस्टर्न रिजन टी–२० प्रतियोगितामार्फत नै उनले राष्ट्रिय टिममा पुनरागमन गरेका हुन्।

यू–१९ विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि भुवनले सन् २०१२ मै राष्ट्रिय टिममा डेब्यू गरेका थिए। तर, सियिनर खेलाडीहरु वसन्त रेग्मी र शक्ति गौचन फर्ममा रहेकाले उनले राष्ट्रिय टिममा त्यति मौका भने पाएका थिएनन्।

सन् २०१७ मा पारिवारिक कारणले राष्ट्रिय टिम छाडेका भुवन त्यसपछि चोटका कारण तीन वर्ष टिमबाट बाहिर रहेका थिए।

बलरले उत्कृष्ट प्रदर्शन गरेपछि थाइल्यान्डविरुद्ध नेपालले नौ विकेटको फराकिलो जित हात पारेको छ।

याे पनि पढ्नुस् :

छोराका लागि क्रिकेट छोड्दा...

प्रकाशित मिति: १३:४५ बजे, बुधबार, फागुन २१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्