कोरोनाको त्रास : नयाँ दिल्लीका विद्यालय बन्द !
काठमाडौं, फागुन २१ : विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण भारतको नयाँ दिल्लीका केही निजी विद्यालयहरु बन्द गरिएको छ। नोएडाका दुई निजी विद्यालय....

काठमाडौं, फागुन २१ : विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण भारतको नयाँ दिल्लीका केही निजी विद्यालयहरु बन्द गरिएको छ। नोएडाका दुई निजी विद्यालयले इमेल ह्वाट्सएबाट म्यासेजबाट सुचना पठाई विद्यार्थीलाई विद्यालय नपठाउन आग्रह गरेको बीबीसी हिन्दीले जनाएकोछ।
विदेशबाट फर्किएका एक व्यक्तीमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको थियो। विदेशबाट फर्किएर घरमा पार्टी गरेका ती व्यक्तीको पार्टीमा पाँच परिवार र १० बच्चासमेत सहभागी थिए। पार्टीमा सहभागी बच्चाहरु नोएडाको स्कुलमा अध्ययनरत रहेकाले विद्यालयले बन्द गर्ने निर्णय गरेको हो।
नोएडाका मुख्य चिकित्सा अधिकारी अनुराग भार्गवले विदेशबाट आएका एक व्यक्तिलाई कोरोना भएको पुष्टी गर्दै उक्त व्यक्तिको जाँच पार्टी अघि नै भएको तर रिपोर्ट पोजेटिभ आएको बताए।
संक्रमित व्यक्तिको घरमै पार्टी भएको र पाँच परिवार संलग्न भएकाले उक्त पार्टीमा सहभागी भएका १० बच्चाहरुको पनि नमूना लिइएको उनले बताए। उनीहरुको परीक्षण ल्याबमा भइरहेको र केही समयमा प्रतिवेदन आउने भार्गवले बताए।












