Kathmandu Press

एनएसएलमा वीरगञ्जमाथि चितवनको जित

शुक्रबार साँझ दशरथ रंगशालामा भएको खेलमा चितवनले वीरगञ्ज युइनाटेडमाथि २–१को जित निकाल्यो।
एनएसएलमा वीरगञ्जमाथि चितवनको जित

काठमाडौं, मंसिर १५ : काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)मा एफसी चितवनले पहिलो जित निकालेको छ। शुक्रबार साँझ दशरथ रंगशालामा भएको खेलमा चितवनले वीरगञ्ज युइनाटेडमाथि २–१को जित निकाल्यो।

चितवनका लागि विमल घर्तिमगर र तोरिक जब्रिनले गोल गरे भने वीरगञ्जका एकिन्स बाफोरले गोल गरे।

२८औं मिनेटमा विमलको गोलमा खेलमा चितवनले अग्रता लियो। पहिलो हाफ १–०मै सकियो। ५५औं मिनेटमा वीरगञ्जले खेललाई बराबरीमा ल्यायो। उसका एकिन्स बाफोरले गोल गरे।

६८औं मिनेटमा जब्रिनले विमलको पासमा उत्कृष्ट गोल गरे। उनले वीरगञ्जका चार जना डिफेडरलाई बिट गर्दै गोल गरेका थिए। त्यसपछि गोल नहुँदा चितवन विजयी भयो।

तीन खेलमा चितवनको ४ अंक भएको छ भने वीरगञ्ज अंकबिहीन छ।

प्रकाशित मिति: २०:३१ बजे, शुक्रबार, मंसिर १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्