विश्वकप लिग-२ को पहिलो सिरिज नेपालमा हुने
सिरिज आगामी फागुन ५ गतेबाट सुरु हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। जसमा २ बलिया टिम नेदरल्यान्ड्स र स्कटल्यान्डसँग नेपालले खेल्नेछ।काठमाडौं, मंसिर १५ : सन् २०२७ को आईसिसी एकदिवसीय विश्वकप छनोटका रुपमा रहेको विश्वकप लिग-२ को पहलो सिरिज नेपालमा आयोजना हुने भएको छ।
सिरिज आगामी फागुन ५ गतेबाट सुरु हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। जसमा २ बलिया टिम नेदरल्यान्ड्स र स्कटल्यान्डसँग नेपालले खेल्नेछ।
स्कटल्यान्ड लिग-२को पहिलो संस्करणको विजेता हो भने नेदरल्यान्ड सुपर लिगबाट लिग २मा झरेको हो। अघिल्लो संस्करणको लिग-२को अन्तिम त्रिकोणात्मक सिरिज पनि नेपालमै भएको थियो।
अघिल्लो पटक ७ टिम सहभागी लिग २मा अब ८ टिम हुनेछन्। जसमा स्कटल्याण्ड, ओमान, नेपाल, नामिबिया र अमेरिका लिग-२ मै कायम थिए भने क्यानडा र युएयई छनोटबाट आएका छन्। यता, विश्वकप खेलेको नेदरल्यान्ड्स सुपर लिगबाट झरेको हो।
प्रकाशित मिति: १८:३७ बजे, शुक्रबार, मंसिर १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जनकपुरमा कप्तान परिवर्तन, अन्य टिमा मार्की खेलाडी नै कप्तानशुक्रबार, मंसिर १४, २०८१
त्रिभुवन विमानस्थलमा शिखर धवनलाई यसरी गरियो स्वागत [फोटो फिचर]शुक्रबार, मंसिर १४, २०८१
एनपीएलको तयारी पूरा : क्यानशुक्रबार, मंसिर १४, २०८१
एनपिएलका लागि तयार भएको त्रिवि मैदान [फोटो फिचर]शुक्रबार, मंसिर १४, २०८१