Kathmandu Press

प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दै अस्पतालभित्रै सत्यनारायण पूजा 

काठमाडौं, फागुन २१ : प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ओलीको....

प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दै अस्पतालभित्रै सत्यनारायण पूजा 

काठमाडौं, फागुन २१ : प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ओलीको मिर्गौला प्रत्यारोपणका क्रममा शिक्षण अस्पताल परिसरमा रहेको मृत्युन्जयश्वर महादेवको मन्दिरमा सत्यनारायणको पूजा लगाइएको छ।

मिर्गौला पीडित सरोकार समाज नेपालले सफल प्रत्यारोपणको कामना गर्दै पूजा लगाएको समाजकी कोषाध्यक्ष वृजमाया चौधरीले बताइन्।

पशुपतिनाथमा विशेष पूजा

प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्दै पशुपतिनाथमा विषेश पूजापाठ गरिएको छ ।

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामनासहित पशुपतिनाथमा बुधबार पहिलो प्रहरको पूजापाठ गराएका हुन्।

मिर्गौला प्रत्यारोपण सफलताको लागि स्वास्थ्यलाभको कामना गर्दै बिहान भएको विषेश पूजापाठ र रुद्राभिषेक गरिएको हो। थापाले चीनबाट सुरु भएर विश्वका ७७ देशमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा नफैलियोस् भन्दै पशुपतिनाथमा विषेश पूजापाठ गराउन लागेको जानकारी दिए।

प्रकाशित मिति: १३:२२ बजे, बुधबार, फागुन २१, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्