Kathmandu Press

अक्षय कुमार र धनुषसँग देखिँदै सारा

मुम्बई, फागुन २१ : बलिउड अभिनेत्री सारा अली खान अब ‘अतरंगी रे’ फिल्ममा देखिने भएकी छन्।

यो फिल्मको सुटिङ चलिरहेको छ। यसमा उनीसँग....

अक्षय कुमार र धनुषसँग देखिँदै सारा

मुम्बई, फागुन २१ : बलिउड अभिनेत्री सारा अली खान अब ‘अतरंगी रे’ फिल्ममा देखिने भएकी छन्।

यो फिल्मको सुटिङ चलिरहेको छ। यसमा उनीसँगै अक्षय कुमार र धनुष पनि रहेका छन्।

उनले अक्षय कुमार र धनुषसँग काम गर्न पाएकोमा खुशी जनाएकी छन्। ‘अक्षय कुमार र धनुषसँग काम गर्न पाउनु मेरा लागि ठूलो अवसर हो,’ साराले भनेकी छन्। उनले धनुषको प्रशंसा गरेकी छन्।

एक प्रश्नमा उनले आनन्द एल राय मन पर्ने गरेको बताएकी छन्। त्यस्तै, इम्तियाज अलीको पनि आफू फ्यान रहेको बताएकी छन्।

 

प्रकाशित मिति: १३:०२ बजे, बुधबार, फागुन २१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्