Kathmandu Press

कोरोना भाइरसको त्रास : होली नखेल्न चिकित्सकको सुझाव

काठमाडौं फागुन २१ : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाललाई कोरोना भाइरसको उच्च जोखिम क्षेत्रमा राखेसँगै सरकारले उच्च सर्तकता अपनाउन आग्रह गरेको ....

कोरोना भाइरसको त्रास : होली नखेल्न चिकित्सकको सुझाव

काठमाडौं फागुन २१ : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाललाई कोरोना भाइरसको उच्च जोखिम क्षेत्रमा राखेसँगै सरकारले उच्च सर्तकता अपनाउन आग्रह गरेको छ।

साथै नजिकिँदै गरेको पर्व होली नखेल्न चिकित्सकले सुझाएका छन्। धार्मिक महत्व बोकेको रङ्गहरुको पर्व नेपालको हरेका ठाउँमा मनाउने गरिएपनि कोरोना भाइरसको त्रासको कारण यस वर्ष नखेल्न चिकित्सकले सुझाव दिएका हुन्।

Hardik ivf

होली एक आपसमा रङ्ग र पानी छ्यापेर खेलिने पर्व हो। भिडभाड तथा चिसो स्थानमा भाइरस छिटै फैलने जोखिम भएकाले होली नखेल्नु नै उचित हुने वरिष्ठ बालरोग विशेषज्ञ मिनराज पाठक बताउँछन्। 

‘भिडभाडमा विभिन्न थरीका मानिस हुन्छन् । कोही स्वस्थ हुन्छन् कोही नहुँन सक्छन्। व्यक्तीमा कोरोना भाइरस संक्रमण भएको पहिलो चरणको लक्षण भनेको सामान्य रुघाखोकी मात्र हो। रुघाखोकी एक व्यक्तीबाट अर्कोमा सर्न केही मिनेटमात्र लाग्छ। त्यसैले भिडभाडमा जस्तोपनि मानिसको उपस्थिती हुने भएकाले त्यहाँ नजानुनै राम्रो हो।’

‘जमघटमै खेल्ने चाड भएकाले सतर्कता राखेपनि एकबाट अर्को व्यक्तिमा भाइरस सर्ने सम्भावनमा धेरै नै हुन्छ। कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा हाल मिलाउँदा, खोक्दा वा हाँच्छ्यु गर्दा निस्कने थुकको छिट्टाबाट सर्ने भएको कारण रङ्ग लगाइदिँदा पानी छ्याप्दा नसर्ला भन्न सकिन्न।’ 

अझै  नियमित औषधी सेवन गर्ने, दिर्घ रोगीहरुमा यसको प्रभाव छिटै पर्न जान्छ। रोगसँग लड्ने क्षमता कमजोर भएका व्यक्तिलाई छिटो संक्रमण फैलने उनी बताउँछन् । साथै, रोगी तथा बालबालिकहरुमा छिटै संक्रमण हुने भएकाले सचेत रहन र भिडभाड भएको स्थानमा नजानुनै उपयुक्त हुने उनले बताए।

सरकारले सभा सम्मेलन, भेला, भिडभाडमा उपस्थित नहुन आग्रह गरेको कुरा ध्यानमा राखेर सचेत रहनुपर्ने उनले औंल्याए। 

गत डिसेम्बरको अन्तिममा चीनबाट फैलिएको कोरोना भाइरस विश्वको ७० राष्ट्रमा फैलिसकेको छ। यसकै कारण तीन हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

प्रकाशित मिति: १२:३८ बजे, बुधबार, फागुन २१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्