नगदसहित ५ जना जुवाडे पक्राउ

कास्की, मंसिर १४ : कास्कीबाट प्रहरीले जुवा खेलिरहेको अवस्थामा ५ जना जुवाडेलाई पक्राउ गरेको छ।
पोखरा महानगरपालिका–९ शिवटोल बस्ने ३७ वर्षीय गीता लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा लामासहित ५ जनालाई बुधबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ।
लामाको घरमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा खान तलासी गर्दा उनीहरुलाई नगद २९ हजार ३ सय ४० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप ाआवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: १४:४५ बजे, बिहीबार, मंसिर १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(32)-1764944804.jpeg)
