Kathmandu Press

नेपाल घुमेर फर्केका स्पेनिसको कोरोना भाइरसबाट मृत्यु

काठमाडौं, फागुन २१ : कोरोना भाइरसको संक्रमणबाट स्पेनमा एक जनाको मृत्यु भएको छ। ति नेपाल घमुरे फर्केको जनाएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम....

नेपाल घुमेर फर्केका स्पेनिसको कोरोना भाइरसबाट मृत्यु

काठमाडौं, फागुन २१ : कोरोना भाइरसको संक्रमणबाट स्पेनमा एक जनाको मृत्यु भएको छ। ति नेपाल घमुरे फर्केको जनाएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, उनी तीन साता अघि नेपाल भ्रमणमा थिए। नेपालबाट फर्केर स्पेन गएपछि बिरामी परेका थिए।  बिरामी परेपछि उनलाई स्पेनकै भालेन्सिया अस्पताल भर्ना गरिएको थियो। उनको उपचारकै क्रममा १३ फेबु्रअरीमा मृत्यु भएको थियो।

उनको मृत्यु कारण खुलाइएको थिएन्। अहिले आएर अस्पताले उनको कोरोना भाइरसका कारण मृत्यु भएको खुलाएको छ। सुरुआतमा निमोनियाबाट ग्रसित रहेको र अनुसन्धानका क्रममा कोरोना भाइरसका कारण उनको मृत्यु भएको पाइएको अस्पतालले जनाएको छ।

अहिलेसम्म ७० देशमा कोरोना भाइरसको संक्रमण देखिएको छ। यसबाट ९२ हजार बिरामी भएका छन्। बुधबार बिहानसम्म तीन हजार दुई सय जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

 

प्रकाशित मिति: १०:५९ बजे, बुधबार, फागुन २१, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्