नेपालले थाइल्यान्डलाई ५.३ ओभरमै हरायाे
काठमाडौं, फागुन २१ : एसीसी टी–२० इस्टर्न रिजन प्रतियोगितामा बुधबार नेपालले थाइल्यान्डविरुद्ध सहज जित हासिल गरेको छ।
नेपालले ६७ रनको लक....

काठमाडौं, फागुन २१ : एसीसी टी–२० इस्टर्न रिजन प्रतियोगितामा बुधबार नेपालले थाइल्यान्डविरुद्ध सहज जित हासिल गरेको छ।
नेपालले ६७ रनको लक्ष्य पछ्याउने क्रममा ५.३ ओभरमै एक विकेट गुमाएर सहज जित हासिल गरेको हो। नेपालका लागि कुशल मल्लले १८ बलमा ३६ र पवन सर्राफले १० बलमा २७ रन बनाएपछि नेपालले सहजै जितेको हो। नेपालका लागि पारश खड्काले पाँच बलमा नौ रन बनाए।
थाइल्यान्डका लागि नेफोन सेनामन्त्रीले एक विकेट लिए। उनले पारशलाई नौ रनमा आउट गरेका थिए।
यस अघि नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरे। जसले गर्दा थाइल्यान्ड ६६ रनमै समेटिएको थियो।
थाइल्यान्डका लागि हेन्नो जोर्डन र फिरियोङपोङ सुन्चुईले १३–१३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेन्।
नेपालका लागि करण केसीले तीन, अविनास बोहोराले दुई, सन्दीप लामिछाने र भुवन कार्कीले एक–एक विकेट लिए।
लामो समयपछि भुवनले नेपाली राष्ट्रिय टोलीबाट खेलेका हुन्। उनको पुनरागमन सानदार रह्यो। उनले चार ओभरमा ६ रन दिएर एक विकेट लिए।
यो जितसँगै नेपालको रनरेट सुध्रिएको छ। अब सिंगापुरसँगको खेल जितेमा र हङकङले सिंगापुर र मलेसियालाई हराएमा नेपालको उपवितेजना बनेर एसिया कपको छनोटको अर्को चरणमा प्रवेश गर्नेछ।











