Kathmandu Press

नेपाललाई थाइल्यान्डले दियो ६७ रनको लक्ष्य

काठमाडौं, फागुन २१ : एसीसी टी–२० इस्टर्न रिजन प्रतियोगितामा थाइल्यान्डले नेपाललाई ६७ रनको लक्ष्य दिएको छ।

बुधबार नेपाली बलरले उत्कृष्ट....

नेपाललाई थाइल्यान्डले दियो ६७ रनको लक्ष्य

काठमाडौं, फागुन २१ : एसीसी टी–२० इस्टर्न रिजन प्रतियोगितामा थाइल्यान्डले नेपाललाई ६७ रनको लक्ष्य दिएको छ।

बुधबार नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेपछि थाइल्यान्ड सबै विकेट गुमाएर ६६ रनमै समेटियो। थाइल्यान्डका लागि हेन्नो जोर्डन र फिरियोङपोङ सुन्चुईले १३–१३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेन्।

नेपालका लागि करण केसीले तीन, अविनास बोहोराले दुई, सन्दीप लामिछाने र भुवन कार्कीले एक–एक विकेट लिए।

लामो समयपछि भुवनले नेपाली राष्ट्रिय टोलीबाट खेलेका हुन्। उनको पुनरागमन सानदार रह्यो। उनले चार ओभरमा ६ रन दिएर एक विकेट लिए।

यसअघि दुवै खेलमा पराजित नेपाल जितको खोजीमा छ।

प्रकाशित मिति: १०:०९ बजे, बुधबार, फागुन २१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्