एफ ए कपको क्वाटरफाइनलमा चेल्सी
काठमाडौं, फागुन २१ : चेल्सी एफ ए कप फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको पाँचौ चरणको खेलमा चेल्सीले लिभरपुललाई २–० गोल अन्....

काठमाडौं, फागुन २१ : चेल्सी एफ ए कप फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको पाँचौ चरणको खेलमा चेल्सीले लिभरपुललाई २–० गोल अन्तरले हराउँदै क्वार्टरफाईनलमा स्थान सुरक्षित गरेको हो ।
लिभरपुलका गोलकिपर एड्रियनको गल्तीको फाईदा उठाउँदै विलियनले १३ औ मिनेटमा चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । ६४ औ मिनेटमा एभर्टनका पुर्व खेलाडी रोस बार्कलीले गोलकिपरलाई समेत बिट गर्दै लण्डन क्लबको अग्रता दोब्बर बनाउने काम गरे ।
च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा चेल्सीले स्पेनिस महारथी एट्लेटिको मड्रिडसंग खेल्नेछ ।
प्रकाशित मिति: ०८:२० बजे, बुधबार, फागुन २१, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











