Kathmandu Press

लागातार जितको खोजीमा पोखरा र ललितपुर

यसअघि भएको पहिलो खेलमा दुवै टोलीले जित निकालेका थिए। अपराजित दुवै टोली आज लगातार दोस्रो खेल जित्ने लक्ष्यमा छन्।
लागातार जितको खोजीमा पोखरा र ललितपुर

काठमाडौं, मंसिर १३ : नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज दुई अपराजित टोली पोखरा थण्डर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पार्धा हुने भएको छ।

पोखरा र ललितपुरबीचको खेल आज साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सुरु हुनेछ।

यसअघि भएको पहिलो खेलमा दुवै टोलीले जित निकालेका थिए। अपराजित दुवै टोली आज लगातार दोस्रो खेल जित्ने लक्ष्यमा छन्।

ललितपुरले पहिलो खेलमा बुटवल–लुम्बिनी एफसीलाई २–० ले पराजित गरेको थियो भने पोखराल एफसी चितवनलाई १–० ले पराजित गरेको थियो।

दुवै टोलीले आफ्नो टिममा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीलाई समावेश गराएका छन्। ललितपुर डिफेन्डर अनन्त तामाङको कप्तानीमा मैदान उत्रने छ भने पोखराको कप्तानी अर्का डिफेन्डर दिनेश राजवंशीले गर्नेछन्।

 

प्रकाशित मिति: १२:०३ बजे, बुधबार, मंसिर १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्