काठमाडौं र चितवनले खेले एनएसएलको पहिलो बराबरी
मंगलबार दशरथ रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्स र एफसी चितवनले १–१ गोलको बराबरी खेलेका हुन्।
काठमाडौं, मंसिर १२ : जारी दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)मा पहिलो बराबरी भएको छ।
मंगलबार दशरथ रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्स र एफसी चितवनले १–१ गोलको बराबरी खेलेका हुन्।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा ८६औं नवयुग श्रेष्ठको गोलमा चितवनले सुरुआती अग्रता लियो। तर, त्यो अग्रतालाई चिवतनले जोगाउन सकेन। इन्जुरी समयको दोस्रो मिनेटमा काठमाडौंका लागि जुनियर एकेनगुएले बराबरी गोल गरे।
पहिलो खेलमा स्पोर्टिङ इलामलाई हराएको काठमाडौंका ४ अंक भएको छ। यता, पहिलो खेलमा पोखरा थन्डरसँग पराजित भएको चितवनको १ अंक भएको छ।
प्रकाशित मिति: २१:०० बजे, मंगलबार, मंसिर १२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-1765629162.jpg)