Kathmandu Press

यू–१९ एसिया कप क्रिकेटका लागि नेपाली टिमको घोषणा, गुल्सन पनि टिममा

क्यानले सियिनर टिमका नियमित सदस्य अलराउन्डर गुल्सन झालाई पनि राखेको छ। योसँगै उनी सिनियर र जुनियर एसिया कपको टिममा रहने पहिलो नेपाली खेलाडी बनेका छन्।
यू–१९ एसिया कप क्रिकेटका लागि नेपाली टिमको घोषणा, गुल्सन पनि टिममा

काठमाडाैं, मंसिर १२ : नेपाल क्रिकेट संघ (क्यान) आसन्न यू–१९ एसिया कप क्रिकेटका नेपाली टिमको घोषणा गरेको छ। क्यानले मंगलबार साँझ देव खनालको कप्तानीमा १४ सदस्यीय टिम घोषणा गरेको हो।

क्यानले सियिनर टिमका नियमित सदस्य अलराउन्डर गुल्सन झालाई पनि राखेको छ। योसँगै उनी सिनियर र जुनियर एसिया कपको टिममा रहने पहिलो नेपाली खेलाडी बनेका छन्।

Hardik ivf

डिसेम्बर ८ देखि १७ सम्म युएईमा हुने प्रतियोगिताका लागि घोषणा गरिएको टिममा देव र गुल्सनसँगै अर्जुन कुमार, आकाश त्रिपाठी, दीपक डुम्रे, हेमन्त धामी, दीपेश कँडेल, विशाल विक्रम केसी, सुवास भण्डारी, दीपक बोहरा, उत्तमरंगु थापामगर, विपिन रावल, तिलक रजभण्डारी र आकाश चन्द छन्।

प्रतियोगितामा नेपाल तीन टेस्ट राष्ट्र भारत, पाकिस्तान र अफगानिस्तानसँगै समूह एमा छ। नेपालले डिसेम्बर ८मा पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ।

नेपालले डिसेम्बर १०मा अफगानिस्तान र डिसेम्बर १२ मा भारतसँग खेल्नेछ। समूहका शीर्ष २ टिम सेमिफाइनल पुग्नेछन्।

प्रकाशित मिति: १९:०५ बजे, मंगलबार, मंसिर १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्