Kathmandu Press

८० मुलुकमा कोरोनाको संक्रमण, मृत्यु हुनेको संख्या ३१ सय ६८

काठमाडौं, फागुन २१ : कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या ३१ सय ६८ पुगेको छ । ९२ हजार मानिस कोरोनाबाट संक्रमित भएका छन् ।हालसम्म ८० मुलुकमा कोरो....

८० मुलुकमा कोरोनाको संक्रमण, मृत्यु हुनेको संख्या ३१ सय ६८

काठमाडौं, फागुन २१ : कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या ३१ सय ६८ पुगेको छ । ९२ हजार मानिस कोरोनाबाट संक्रमित भएका छन् ।हालसम्म ८० मुलुकमा कोरोनाको संक्रमण देखिएको र फैलने क्रम तीब्र भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

चीनमा सोमबार साँझ मात्र थप १ सय ७२ जनाको जनाको मृत्यु भएको छ । यो सँगै चीनमा मात्रै कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ९ सय ४५ पुगेको छ । ८० हजार १ सय ५३ जना संक्रमित भएका छन् । चीन बाहिर १३ वटा मुलुकमा २ सय २१७ जनाको मृत्यु भएको छ । अरु ६ जनाको डायमण्ड प्रिन्सेस नामक जाहाजमा मृत्यु भएको छ । चीन बाहिर सबैभन्दा धेरै इटालीमा ७९ जना, इरानमा ७७ जना, दक्षिण कोरियामा ३४, अमेरिकामा ९ जना, जापानमा ६, फ्रान्समा ४, हङकङमा २ तथा थाइल्याण्ड, अष्ट्रेलिया, सन मारिनो, फिलिपिन्स, ताइवान र स्पेनमा १ १ जनाको मृत्यु भएको छ ।

Hardik ivf

चीनबाहिर १२ हजार मानिसमा कोरोनाको संक्रमण देखिएको छ।दक्षिणको कोरियामा कोरोनाबाट थप ४ जनाको संक्रमितको मृत्यु भएपछि मृतकको संख्या ३४ पुगेको छ । त्यहाँ ८ सय ५१ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै संक्रमित हुनेको संख्या ५१ सय ८६ पुगेको छ । इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ । एकैदिन अरु २७ जना मृतकको संख्या थपिएपछि ज्यान गुमाउनेको संख्या ७९  पुगेको हो । यसअघि इटालीमा ५२ जनाले ज्यान गुमाएका थिए । इरानमा २३ जना सांसदमा समेत कोरोनाको संक्रमण देखिएको बताइएको छ । जापानमा ६ जनाको मृत्यु भएको छ भने ३ सय १९ जनामा संक्रमण देखिएको छ ।

स्पेनमा पहिलो पटक कोरोनाबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुने नेपाल भ्रमण गरेर फर्किएकी एक ६९ बर्षीया महिला छन् । स्पेनमा संक्रमित हुनेको संख्या २ सय १० छ । अमेरिका–कोरोना भाइरसका कारण ९  जनाको मृत्यु भएको छ ।

वासिङ्टन राज्यमा सोमबार थप २ जनाको मृत्यु भएपछि मृतकको संख्या ९ पुगेको हो । अमेरिकाका विभिन्न राज्यमा अहिलेसम्म संक्रमित हुनेको संख्या १ सय ३६ पुगेको छ । यसैसाता कतार, साउदी अरव, इक्वेडर लक्जेबर्ग आइरल्याण्ड, स्पेन लगायतका मुलुकमा कोरोनाको भाइरसको संक्रमण देखिएको थियो ।

प्रकाशित मिति: ०७:४९ बजे, बुधबार, फागुन २१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्