Kathmandu Press

एनएसएलमा आज काठमाडौं रेजर्स र एफसी चितवन भीड्दै

एनएसएलमा आज काठमाडौं रेजर्स र एफसी चितवन भीड्दै

काठमाडौं, मंसिर १२ : नेपाल सुपर लिग (एनएसएल) मा आज काठमाडौं रेजर्स एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा हुँदैछ।

दुवै टोलीले यस सिजनमा आफ्नो दोस्रो खेल खेल्दैछन्। खेल काठमाडौंको दशरथ रंगशालामा साँझ साढे पाँच बजेदेखि सुरु हुनेछ।

काठमाडौंले उद्घाटन खेलमै नयाँ टोली स्पोर्टिङ इलाम एफसीलाई १–० ले हराएर विजयी सुरुवात गरिसकेको छ । रेजर्सलाई बालगोपाल महर्जनले प्रशिक्षण गराएका छन्।

उता गोलकिपर विशाल श्रेष्ठको कप्तानीमा रहेको चितवन भने शनिबार भएको पहिलो खेलमा पोखरा थण्डर्ससँग १–० ले पराजित भयो।

पहिलो खेल जित्दै ३ अंक जोडेको रेजर्स र चितवनबीच आज प्रतिस्पर्धा हुँदैछ।

प्रकाशित मिति: ०९:०८ बजे, मंगलबार, मंसिर १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्