एनएसएलमा झापामाथि इलामको जित
सोमबार दशरथ रंगशालामा भएको खेलका इलामले झापा एफसीमाथि १–०को जित निकाल्यो।काठमाडौं, मंसिर ११ : दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)मा स्पोर्टिङ इलाम एफसीले पहिलो जित निकालेको छ। सोमबार दशरथ रंगशालामा भएको खेलका इलामले झापा एफसीमाथि १–०को जित निकाल्यो।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा इलामलाई जित दिलाउन विदेशी खेलाडी अमाथले निर्णायक गोल गरे। उनले ८७औं मिनेटमा गोल गरेका थिए।
त्यसको ५ मिनेटअघि अथामले नै गोलको सुनौलो अवसर खेर फालेका थिए। ८२औं मिनेटमा प्राप्त पेनाल्टीमा उनी गोल गर्न चुकेका थिए।
प्रतियोगितामा झापाको यो पहिलो खेल हो । यो खेलसँगै दोस्रो संस्करणमा थपिएका तीनै टिमले हारबाट प्रतियोगिताको सुरुआत गरेको छन्।
यसअघि इलाम उद्घाटन खेलमा काठमाडौं रेजर्ससँग पराजित भएको थियो भने अर्को नयाँ टोली वीरगंज युनाइटेड धनगढी एफसीसँग पराजित भएको थियो।
प्रकाशित मिति: २०:२१ बजे, सोमबार, मंसिर ११, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जनकपुरमा कप्तान परिवर्तन, अन्य टिमा मार्की खेलाडी नै कप्तानशुक्रबार, मंसिर १४, २०८१
त्रिभुवन विमानस्थलमा शिखर धवनलाई यसरी गरियो स्वागत [फोटो फिचर]शुक्रबार, मंसिर १४, २०८१
एनपीएलको तयारी पूरा : क्यानशुक्रबार, मंसिर १४, २०८१
एनपिएलका लागि तयार भएको त्रिवि मैदान [फोटो फिचर]शुक्रबार, मंसिर १४, २०८१