थ्री स्टारलाई हराउँदै आयोजकले जित्यो खप्तड गोल्डकप
काठमाडौं, फागुन २० : ए डिभिजन क्लब थ्री स्टारलाई पराजित गर्दै आयोजक सुदूरपश्चिम ११ले सुदूरपश्चिम गोल्डकपको उपाधि जितेको छ । मंगलबार धनगढी रंगशालामा भए....

काठमाडौं, फागुन २० : ए डिभिजन क्लब थ्री स्टारलाई पराजित गर्दै आयोजक सुदूरपश्चिम ११ले सुदूरपश्चिम गोल्डकपको उपाधि जितेको छ । मंगलबार धनगढी रंगशालामा भएको फाइनलमा थ्री स्टारलाई १–०ले हराउँदै सुदूरपश्चिम ११ पहिलो पटक खप्तड गोल्डकप च्याम्पियन बनेको हो।
निकै प्रतिस्पर्धात्मक खेलमा सुदूरपश्चिमलाई च्याम्पियन बनाउने क्रममा विक्रमसिंह ठकुरीले निर्णायक गोल गरे । उनले खेलको ३८औं मिनेटमा गोल गरेका थिए।
विक्रमले थ्री स्टारको डिफेन्सको गल्तीमा गोल गरेका थिए । अनन्त तामाङले अशोक खवाडरलाई हेडिङमार्फत दिएको ब्याकपासमा विक्रमले गोल गरेका थिए।
सर्वाधिक पुरास्कार राशीको नकआउट प्रतियोगिताको उपाधि जित्यो सूदुरपश्चिम ११ले ट्रफीसहित २१ लाख १ रुपैयाँ प्राप्त ग¥यो भने थ्री स्टारले १० लाख १ रुपैयाँ पायो।
फाइनलमा निर्णायक गोल गरेका विक्रम प्रतियोगिताका उत्कृष्ट खेलाडी बन्दै बेनेली बाइक प्राप्त गरे । यस्तै, प्रतियोगितामा ५ गोल गरेका विक्रम उत्कृष्ट स्ट्राइकर पनि बन्दा थ्री स्टारका पूर्ण चेम्जोङ उत्कृष्ट गोलकिपर र थ्री स्टारकै सुशील राई उत्कृष्ट मिडफिल्डर बने।
यसैगरी सुदुरपश्चिमका धनबहादुर थापा उत्कृष्ट डिफेनडर बने भने सुदुरपश्चिमकै विष्णु चौधरी उदयमान खेलाडी र रोहित भण्डारी उत्कृष्ट प्रशिक्षक बने । विधागत उत्कृष्ट खेलाडीले जनही १५ हजार रुपैयाँ प्राप्त गरे।










