Kathmandu Press

अमेरिकी विज्ञ भन्छन् – कोरोना नभएकाले मास्क लगाउनु झन जोखिम

काठमाडौं, फागुन २० : चीनबाट सुरु भएको कोरोना भाईरसको जोखिम विश्वव्यापी फैलन थालेपछि नेपालमा भने मास्कको अभाव सुरु भएको छ । कोरोना भाईरसबाट जोगिन सबैभन....

अमेरिकी विज्ञ भन्छन् – कोरोना नभएकाले मास्क लगाउनु झन जोखिम

काठमाडौं, फागुन २० : चीनबाट सुरु भएको कोरोना भाईरसको जोखिम विश्वव्यापी फैलन थालेपछि नेपालमा भने मास्कको अभाव सुरु भएको छ । कोरोना भाईरसबाट जोगिन सबैभन्दा सुरक्षित मानिने एन ९५ नामक मास्क त परैको कुरा बजारमा साधारण पेपर मास्कको समेत अभाव देखिन थालेको छ। 

तर संयुक्त राज्य अमेरीकाकी एक संक्रमण रोकथाम विशेषज्ञ डा. इली पेरेन्सभिचका अनुसार स्वास्थ्य अवस्था सामान्य रहेका व्यक्तिहरुले मास्क लगाउन अनिवार्य नभएको बताएकी छिन् । सामान्य स्वास्थ्य अवस्था रहेका व्यक्तिहरुले मास्कको प्रयोग गर्नु अझ जोखिमयुक्त हुनसक्ने उनको भनाई छ।

फाेब्स डट कममा उनी भन्छिन् ‘हालसम्म स्वस्थ व्यक्तिले मास्क लगाउँदैमा कोरोना भाईरसको संक्रमणबाट जोगिन्छ भन्ने कुनै तत्थ्य प्रमाणित भएको छैन, तर मास्क प्रयोग गर्ने उपयुक्त तरीका नजान्दा अझ बढी जोखिमयुक्त बन्नसक्छ।’

कोरोना भाईरस हावाको माध्यमबाट सर्ने भाईरस नभई सम्पर्कबाट सर्नेहुँदा मास्क लगायपछि पटक–पटक हातले अनुहारमा छोईने हुँदा कोरोना भाईरसको जोखिम बढ्नसक्ने डा. पेरेन्सभिच बताउँछिन्।

प्रकाशित मिति: १९:५८ बजे, मंगलबार, फागुन २०, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्