Kathmandu Press

कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या तीन हजार एक सय नाघ्यो

काठमाडौं, फागुन २० : कोरोना भाइरस सङ्क्रमणका कारण मंगलबारसम्म विश्वभरि मृत्यु हुने मानिसको सङ्ख्या ३ हजार १०० नाघेको छ।

गत डिसेम्बर महिनाको ....

कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या तीन हजार एक सय नाघ्यो

काठमाडौं, फागुन २० : कोरोना भाइरस सङ्क्रमणका कारण मंगलबारसम्म विश्वभरि मृत्यु हुने मानिसको सङ्ख्या ३ हजार १०० नाघेको छ।

गत डिसेम्बर महिनाको अन्त्यबाट चीनको हुबेई प्रान्तको उहान शहरबाट फैलिएको यस भाइरसको सङ्क्रमण हाल ६० भन्दा बढी देशमा फैलिएको छ। 

यस भाइरसका कारण विश्वभरी कम्तीमा ९० हजार जनामा सङ्क्रमण भएको पुष्टि भएको छ। उता संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसबाट ६ जनाको मृत्यु भएको छ।     

यस प्राणघातक कोरोना भाइरसको सङ्क्रमण विश्वका विभिन्न देशमा फैलिइरहेका बेला अमेरिकामा पनि ६ जनाको ज्यान गएको अधिकारीहरूको भनाइ छ। 

प्रकाशित मिति: १८:२७ बजे, मंगलबार, फागुन २०, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्