Kathmandu Press

इरानबाट क्यानाडा पुगेका यात्रुलाई अगल बस्न आग्रह

काठमाडौं, फागुन २० : कोरोना भाइरस महामारीले ग्रस्त देशहरूमध्ये इरानबाट आएका यात्रुहरुलाई क्यानाडाले घरमा अलग बस्न आग्रह गरेको छ। 

स्वास....

इरानबाट क्यानाडा पुगेका यात्रुलाई अगल बस्न आग्रह

काठमाडौं, फागुन २० : कोरोना भाइरस महामारीले ग्रस्त देशहरूमध्ये इरानबाट आएका यात्रुहरुलाई क्यानाडाले घरमा अलग बस्न आग्रह गरेको छ। 

स्वास्थ्य अधिकारीहरूले क्यानाडालीहरूलाई इरान र इटालीको उत्तरी क्षेत्रमा कुनै अनावश्यक यात्रा गर्नबाट जोगिन आग्रह गरेका छन्। चीन कोरोना भाइरसको सङ्क्रमणको प्रमुख केन्द्रका रूपमा देखा परेको छ।

यस कोरोना भाइरसबाट इरानमा ६६ व्यक्तिको मृत्यु भएको सरकारी अधिकारीहरुले पुष्टि गरेका छन्। कोरोना भाइरसबाट इरानमा १ हजार ५०० भन्दा बढी सङ्क्रमित भएका पनि पुष्टि भएको छ।

क्यानाडाका धेरैजसो घटनाहरू इरानको प्रकोपसँग जोडिएको क्यानाडाका प्रमुख चिकित्सा अधिकारी थेरेसा टमले बताएका छन्।

क्यानाडामा सोमबार साँझसम्म २७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ। 

प्रकाशित मिति: १८:११ बजे, मंगलबार, फागुन २०, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्