Kathmandu Press

अर्थमन्त्री डा.खतिवडाद्वारा राजीनामा, भाेलि पुन: सपथ लिने

काठमाडौं, फागुन २० : अर्थमन्त्री डा.युवराज खतिवडाले राजीनामा दिएका छन्। उनले मंगलबार अर्थमन्त्रीबाट राजीनामा दिएका हुन्।

मंगलबार राष्ट्रिय स....

अर्थमन्त्री डा.खतिवडाद्वारा राजीनामा, भाेलि पुन: सपथ लिने

काठमाडौं, फागुन २० : अर्थमन्त्री डा.युवराज खतिवडाले राजीनामा दिएका छन्। उनले मंगलबार अर्थमन्त्रीबाट राजीनामा दिएका हुन्।

मंगलबार राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल सकिँदै छ। त्यसमा डा.खतिवडा पनि छन्। राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिएपछि डा.खतिवडाले अर्थमन्त्रीबाट पनि राजीनामा दिएका हुन्।

उनी सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा मनोनित भएका थिए।

उनको राजीनामा पत्र राष्ट्रपति कार्यालय पुगेको छ। मुख्यसचिव लोकदर्शन रेग्मी मंगलबार दिउँसो शितलनिवास पुगेर राजीनामा पत्र बुझाएको जनाएको छ।

उनी फेरि भोलि अर्थमन्त्री नियुक्त हुन लागेका छन्। उनको भोलि नै सपथ ग्रहण हुने जनाएको छ। राजीनामा दिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेर फर्किने वेला उनी हसिलो मुद्रामा थिए। सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै डा.खतिवडाले भने, ‘एक दिन फर्खिनुस्।’

संविधान अनुसार, संघीय संसदको सदस्य नरहेको व्यक्ति पनि मन्त्री हुन सक्छ। तर, मन्त्री भएको ६ महिनाभित्र संसदको सदस्य भइसक्नुपर्छ।

प्रकाशित मिति: १६:३१ बजे, मंगलबार, फागुन २०, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्