Kathmandu Press

सिटी र लिभरपुल रोकिँदा आर्सनल शीर्ष स्थानमा

शनिबार राति ब्रेन्टफोर्डलाई १–० गोल अन्तरले पराजित गर्दै आर्सलन शीर्ष स्थानमा उक्लिएको छ।
सिटी र लिभरपुल रोकिँदा आर्सनल शीर्ष स्थानमा

काठमाडौं, मंसिर १० : इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल शीर्ष स्थानमा उक्लिएको छ।

शनिबार राति ब्रेन्टफोर्डलाई १–० गोल अन्तरले पराजित गर्दै आर्सलन शीर्ष स्थानमा उक्लिएको छ। सिटी र लिभरपुल बराबरीमा रोकिएको फाइदा उसले उठायो।

ब्रेन्टफोर्डमाथि जित निकाल्न आर्सनललाई ८९ औँ मिनेट कुर्नु परेको थियो । आर्सनलका काइ हाभट्र्जले बुकायो साकाको क्रसमा गोल गरेका थिएश्र

Hardik ivf

आर्सनलको १३ खेलमा ३० अंक छ। पराजित भएको ब्रेन्टफोर्ड भने १६ अंकका साथ ११ औँ स्थानमा छ।

प्रिमियर लिगकै अर्को खेलमा म्यानचेस्टर सिटी र लिभरपुलले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे।

सिटीले घरलु मैदानमा एर्लिङ हालान्डको गोलबाट २७औँ मिनेटमा अग्रता लिएको थियो। तर ट्रेन्ट आर्नोल्डले ८०औँ मिनेटमा बराबरी गोल गरेपछि एक अंकमा सिटी चित्त बुझाउन बाध्य भयो।

यो बराबरीले दुवै टिमले शीर्ष स्थानमा रहने मौका गुमाए। दोस्रो स्थानको सिटीको २९ अंक भएको छ भने लिभरपुल २८ अंकका साथ तेस्रो स्थानमा छ।

यसैगरी अन्य खेलमा बर्नली वेस्टह्याम युनाइटेडसँग २–१ गोल अन्तरले पराजित भएको छ भने न्यूक्यासलले चेल्सीमाथि ४–१ को रवाफिलो जित दर्ता गर्न सफल भएको छ।

ब्राइटनल नटिङघम फरेस्टलाई ३–२ ले स्तब्ध बनाउँदा बर्नमाउथले सेफिल्ड युनाइटेडलाई ३–१ ले पराजित गरेको थियो।

प्रिमियर लिग अन्तर्गत आइतबार २ वटा खेल हुनेछन् । नेपाली समय अनसार राति पौने ८ बजे टोटनह्याम र एस्टोन भिल्ला आमने सामने हुँदा राति सवा १० बजे एभर्टन र म्यानचेस्टर युनाइटेड भिड्ने छन्।

प्रकाशित मिति: ०८:१० बजे, आइतबार, मंसिर १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्