एनसएसएलमा एफसी चितवनमाथि पोखरा थन्डर्सकाे जित
काठमाडौं, मंसिर ९ : नेपाल सुपर लिग (एनसएसएल) को दोस्रो संस्करणअन्तर्गत शनिबार भएको पहिलो खेलमा पोखरा थन्डर्स विजयी भएको छ।
काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा पोखराले एफसी चितवनमाथि १-० को जित निकालेको हो। पोखरालाई जिताउन विदेशी खेलाडी मोसेस ग्याबा त्वामले गोल गरे। जितसँगै लिगमा पोखरालाई ३ अंक प्राप्त भएको छ।
पोखराका दिनेश राजवंशीले म्यान अफ द म्याच भएर ३० हजार रुपैयाँ पुरस्कार पाए। आज दोस्रो खेलमा साँझ ५ः३० बजे ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी भिड्नेछन्।
प्रकाशित मिति: १५:५४ बजे, शनिबार, मंसिर ९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जनकपुरमा कप्तान परिवर्तन, अन्य टिमा मार्की खेलाडी नै कप्तानशुक्रबार, मंसिर १४, २०८१
त्रिभुवन विमानस्थलमा शिखर धवनलाई यसरी गरियो स्वागत [फोटो फिचर]शुक्रबार, मंसिर १४, २०८१
एनपीएलको तयारी पूरा : क्यानशुक्रबार, मंसिर १४, २०८१
एनपिएलका लागि तयार भएको त्रिवि मैदान [फोटो फिचर]शुक्रबार, मंसिर १४, २०८१