Kathmandu Press

पूर्वराजा ज्ञानेन्द्रद्वारा प्रधानमन्त्री ओलीको सफल मिर्गौला प्रत्यारोपणको कामना

काठमाडौं, फागुन २० : पूर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला प्रत्यारोपणका लागि शुभकामना दिएका छन्।

मंगलबार पूर....

पूर्वराजा ज्ञानेन्द्रद्वारा प्रधानमन्त्री ओलीको सफल मिर्गौला प्रत्यारोपणको कामना
फाइल फाेटाे

काठमाडौं, फागुन २० : पूर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला प्रत्यारोपणका लागि शुभकामना दिएका छन्।

मंगलबार पूर्वराजा ज्ञानेन्द्रको सचिवालयले प्रेस विज्ञप्ति जारी गरि प्रधानमन्त्री ओलीको सफल मिर्गौला प्रत्यारोपणसहित शिघ्र स्वास्थ्य लाभको शुभकामना दिएको छ। ‘पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र विर विक्रम शाहदेवबाट प्रधानमन्त्री श्री केपी शर्मा ओलीको सफल मिर्गौला प्रत्यारोपणसहित शिघ्र स्वास्थ्यलाभको कामना गरिबक्सेको छ,’ विज्ञप्तिमा भनिएको छ।

यसँसगै पूर्वराजा ज्ञानेन्द्रले शुभकामना सन्देशसहित पूर्वप्रमुख सचिव पशुपति भक्त महर्जनलाई शिक्षण अस्पताल पठाएको जनाएको छ। उनले पूर्वराजा ज्ञानेन्द्रको शुभकामना सन्देश प्रधानमन्त्री ओलीलाई पु¥याउने जनाएको छ।

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज भर्ना भएका थिए। उनको भोलि मिर्गौला प्रत्यारोपण हुँदै छ।

ओलीको १२ वर्ष अघि भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। त्यसले काम गर्न छोडेपछि फेरि मिर्गौला प्रत्यारोपण गरिन लागेको हो।

यसका लागि सबै तयारी पूरा भएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ। त्यसका लागि वरिष्ठ प्रत्यारोपण सर्जन प्राडा प्रेमराज ज्ञवालीको नेतृत्वमा चिकित्सको टोली तयार गरिएको छ। जसमा शिक्षण अस्पतालको युरोलोजी विभागका विभागीय प्रमुख एवं वरिष्ठ प्रत्यारोपण सर्जन प्राडा उत्तम शर्मा, नेफ्रोलोजी विभागका डा.महेश सिग्देल, डा.मुकुन्द काफ्ले, डा.पवन चालिसे, डा.सुमन चापागाईं, डा.सुजित पौडेल, डा.महेश प्रधानलगायत रहेका छन्।

त्यस्तै, ब्याकअपका लागि भारतको अपोलो अस्पतालका डा.अनन्त कुमार पनि आएका छन्। यस अघि उनले नै ओलीको मिर्गौला प्रत्यारोपण गरेका थिए।

 

प्रकाशित मिति: १४:४२ बजे, मंगलबार, फागुन २०, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्