मलेसियाको हारले नेपाललाई संकट
काठमाडौं, फागुन २० : थाइल्यान्डमा जारी एसिसी इस्टर्न रिजन टी–२० प्रतियोगिताको तेस्रो खेलमा मलेसियाले फराकिलो हारको समाना गरेको छ। मंगलबार थाइल्य....

काठमाडौं, फागुन २० : थाइल्यान्डमा जारी एसिसी इस्टर्न रिजन टी–२० प्रतियोगिताको तेस्रो खेलमा मलेसियाले फराकिलो हारको समाना गरेको छ। मंगलबार थाइल्यान्डको बैंककस्थित ट्रेडथाई रंगशालामा भएको खेलमा मलेसिया सिंगापुरसँग १२८ रनको फराकिलो अन्तरले पराजित भयो।
मलेसियाको यो हारसँगै नेपाल भने दबाब परेको छ। सुरुवाती दुवै खेल हारेको नेपालको एसिया कप छनोट खेल्ने सम्भावना लगभग सकिएको छ । नेपाल पहिलो खेलमा मलेसियासँग २२ रनले पराजित भएको थियो भने दोस्रो खेलमा हङकङसँग ४३ रनले पराजित भएको थियो।
मलेसियाविरुद्धको फराकिलो जितसँगै सिंगापुर दुवै खेल जित्दै ४ अंककासाथ शीर्ष स्थानमा उक्लिएको छ। मलेसियाको पनि ३ खेलमा ४ अंक नै छ र उ दोस्रो स्थानमा छ। हङकङ २ अंकका साथ तेस्रो स्थानमा छ। नेपाल र थाइल्यान्ड भने दुवै खेलमा पराजित हुँदै अंकबिहीन छन्।
मलेसिया सिंगापुरसँग पराजित भएसँगै नेपालको एसिया कप छनोट पुग्ने एउटा मात्र सम्भावना बाँकी छ। त्यसका लागि नेपालले थाइल्यान्ड र सिंगापुरलाई फराकिलो अन्तरले हराउनु पर्ने छ। नेपालले बुधबार थल्यान्ड र शुक्रबार सिंगापुरसँग खेल्ने छ।
यस्तै, आजै हुने दोस्रो खेलमा थाइल्यान्डले हङकङलाई हराउनु पर्ने छ भने सिंगापुरले पनि हङकङलाई फराकिलो अन्तरले हराउनु पर्ने छ। साथै लिगको अन्तिम खेलमा हङकङले मलेसियाविरुद्ध झिनो अन्तरको जित निकाल्नु पर्ने छ ।
यस्तो अवस्थामा सिंगापुरको ८ अंक हुनेछ। उ लिगको शीर्ष स्थानमा रहने छ। नेपाल, मलेसिया र हङकङको समान ४ अंक हुनेछ। र, नेपाल रनरेनटका आधारमा दोस्रो हुँदै एसिया कप छनोटमा पुग्ने छ।











