Kathmandu Press

टी–२० वरियतामा तीन स्थान झर्‍यो नेपाल

काठमाडौं, फागुन २० : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)को टी–२० वरियतामा नेपाल तीन स्थान तल झरेको छ। आईसिसीले मंगलबार सार्वजनिक गरेको ....

टी–२० वरियतामा तीन स्थान झर्‍यो नेपाल

काठमाडौं, फागुन २० : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)को टी–२० वरियतामा नेपाल तीन स्थान तल झरेको छ। आईसिसीले मंगलबार सार्वजनिक गरेको टी–२० क्रिकेटको नयाँ वरियता नेपाल तीन स्थान तल झर्दै १५औं स्थानमा आइपुगेको छ। यसअघि नेपाल १२औं स्थानमा थियो। 

थाइल्यान्डमा जारी एसिसी इस्टर्न रिजन टी–२० प्रतियोगितामा खराब प्रदर्शन गरेपछि नेपालको टी–२० वरियता खस्किएको हो। नेपाललाई स्कटल्यान्ड, आयरल्यान्ड र युएईले उछिनेका छन्। नेपालको १८५ रेटिङ छ भने स्कटल्यान्डको १८७, आयरल्यान्ड र युएईको समान १८६ रेटिङ छ।

एसिया कप छनोटका रुपमा रहेको इस्टर्न रिजन प्रतियोगिताको उपाधि जित्ने लक्ष्यससहित थाइल्यान्ड पुगेको नेपाली टिम पहिलो खेलमा मलेसियासँग २२ रनले पराजित भएको थियो भने दोस्रो खेलमा हङकङसँग ४३ रनले पराजित भएको थियो। 

टि–२० वरियतामा पाकिस्तान शीर्ष स्थानमै छ। अस्ट्रेलिया दोस्रो, इंग्ल्यान्ड तेस्रो, भारत चौंथो र दक्षिण अफ्रिका पाँचौँ स्थानमा रहेका छन्। यस्तै न्युजिल्यानड छैठौं, अफगानिस्तान सातौं, श्रीलंका आठौं, बंगलादेश नवौं, वेस्टइन्डिज १०औं र जिम्बाबे ११औं स्थानमा छन्। 

प्रकाशित मिति: १२:३३ बजे, मंगलबार, फागुन २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्