Kathmandu Press

‘एक भिलेन’को सिक्वेलमा दिशा पाटनी

नयाँ दिल्ली, फागुन २० : बलिउडको हिट फिल्म ‘एक भिलेन’को सिक्वेल बन्न लागेको छ। यसका लागि दिशा पाटनी तय भएकी छन्।

यस फिल्मका निर्द....

‘एक भिलेन’को सिक्वेलमा दिशा पाटनी

नयाँ दिल्ली, फागुन २० : बलिउडको हिट फिल्म ‘एक भिलेन’को सिक्वेल बन्न लागेको छ। यसका लागि दिशा पाटनी तय भएकी छन्।

यस फिल्मका निर्देशक मोहित सुरीले दिशालाई ‘एक भिलेन’को सिक्वेलमा लिन लागेको जानकारी दिएका छन्। दिशाको हालै ‘मलंग’ फिल्म आएको छ। जसमा उनी मूख्य भूमिका रहेकी थिइन्।

‘एक भिलेन’को सिक्वेलमा दिशासँगै आदित्य कपूर, जोन अब्राहम पनि रहेका छन्। सन् २०१४ मा आएको ‘एक भिलेन’मा सिद्धार्थ मल्होत्रा, श्रद्धा कपूर र रितेश देशमुखको अभियन रहेको थियो।

दिशाले आफूलाई भेटेर एक्सन फिल्म खेल्न खोजेको निर्देशक सूरीले बताएका छन्। जसले गर्दा उनलाई लिन आफू तयार भएको उनको भनाइ छ।

जसरी मलंगमा दिशाको अलग रुप देखिएको त्यस्तै, एक भिलेनको सिक्वेलमा पनि उनी फरक अन्दाजमा देखिने निर्देशक सूरीले बताएका छन्।

 

प्रकाशित मिति: १२:२६ बजे, मंगलबार, फागुन २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्