Kathmandu Press

महावीर पुन नेपाल बैंकको ‘ब्राण्ड एम्बेस्डर’

काठमाडौं, फागुन २० : महावीर पुन नेपाल बैंक लिमिटेडको ‘ब्राण्ड एम्बेस्डर’मा नियुक्त भएका छन्।

उनी राष्ट्रिय आविष्कार केन्द्र नेपा....

महावीर पुन नेपाल बैंकको ‘ब्राण्ड एम्बेस्डर’

काठमाडौं, फागुन २० : महावीर पुन नेपाल बैंक लिमिटेडको ‘ब्राण्ड एम्बेस्डर’मा नियुक्त भएका छन्।

उनी राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष पनि हुन्। नवीन सोच भएका युवालाई उद्यमी बन्न र मुलुकको आर्थिक विकासमा योगदान दिन लागिपरेका पुनसँग ब्राण्ड एम्बेस्डर नियुक्ति सम्झौता गरिएको छ। सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र पुनले सोमबार हस्ताक्षर गरेका छन्।

प्रमुख कार्यकारी अधिकृत अधिकारीले पुनलाई बधाइ दिँदै राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेर नयाँँ सोच भएका युवालाई उद्यमी बन्न प्रेरित गरिरहेका व्यक्तिलाई ब्राण्ड एम्बेस्डर नियुक्त गर्न पाउनु गर्वको विषय भएको बताए। उनले नेपाल बैंक युवा उद्यमीसँग हातेमालो गर्दै देशको समृद्धिका लागि योगदान दिन तयार रहेको बताए।

सम्झौतापछि पुनले नेपालकै सबैभन्दा जेठो बैंकको ब्रान्ड एम्बेस्डर बन्नु पाउनु आफ्ना लागि सौभाग्य भएको बताए। उनले देशको समृद्धिका लागि अगाडि बढ्ने मौका आएको भन्दै नेपाल बैंकको प्रगतिका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

जनस्तर र विदेशीको सहयोगमा स्थापित केन्द्रले ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्यलगायतका २० वटा क्षेत्रमा नयाँ–नयाँ अनुसन्धानको काम गरिरहेको छ।

वायरलेस प्रविधिद्वारा देशको ग्रामीण क्षेत्रमा सूचना प्रवाह गर्ने लक्ष्य बोकेर नेपाल वायरलेस सञ्जाल परियोजनामार्फत इन्टरनेट सञ्जाल विस्तार गर्न सफल पुन म्याग्दीको नाङ्गीगाउँका वासिन्दा हुन्। उनले एशियाको नोबेल पुरस्कारले चिनिने ‘रोमन मेग्यासेसे अवार्ड’ जस्ता महत्वपूर्ण सम्मान पाएका थिए।

प्रकाशित मिति: १२:०३ बजे, मंगलबार, फागुन २०, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्