कोरोना भाइरसबाट अमेरिकामा ६ को मृत्यु, ७३ देशमा ९० हजार बिरामी
काठमाडौं, फागुन २० : कोरोना भाइरसबाट अमेरिकामा पनि सोमबार चार जनाको मृत्यु भएको छ। योसँगै अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ।
काठमाडौं, फागुन २० : कोरोना भाइरसबाट अमेरिकामा पनि सोमबार चार जनाको मृत्यु भएको छ। योसँगै अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार, चीनबाट फैलिएको कोरोना भाइरस अन्टार्कटिकाबाहेक सबै महादेशमा पुगेको छ। मंगलबार बिहानसम्म ७३ देशमा कोरोना भाइरसको संक्रमण देखिएको छ। यसबाट ९० हजारभन्दा बढी बिरामी परेका छन्।
कोरोना भाइरसको संक्रमणबाट तीन हजार एक सय १६ जनाको मृत्यु भएको छ। जसमा चीन बाहिर एक सय ७३ जनाले ज्यान गुमाएका छन्।
चीनपछि सबैभन्दा बढी इरानमा ६६ जनाको मृत्यु भएको छ। त्यहाँ एक हजार पाँच सय एक जनामा संक्रमण देखिएको छ।
त्यस्तै, इटालीमा ५२ जनाको मृत्यु भएको छ। इटालीमा अहिलेसम्म दुई हजार ३६ जनामा संक्रमण देखिएको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार, दक्षिण कोरियामा २९, जापानमा १२, अमेरिकामा ६, फ्रान्स र हङकङमा दुई–दुई, अस्ट्रेलिया, फिलिपिन्स, ताइवान र थाइल्यान्डमा एक–एक जनाको मृत्यु भएको छ।
अहिलेसम्म चीनपछि सबैभन्दा बढी दक्षिण कोरियामा चार हजार आठ सय १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। इटालीमा दुई हजार ३६, इरानमा एक हजार पाँच सय एक, जापानमा नौ सय ७४, फ्रान्समा एक सय ३०, सिंगापुरमा एक सय आठ, अमेरिकामा एक सय पाँच, हङकङमा एक सय जनामा संक्रमण देखिएको छ। भारतमा पनि पाँच जनामा कोरोना भाइरसको स.क्रमण देखिएको छ।
विश्व स्वास्थ्य संगठनले सतर्कता अपनाउन आग्रह गरेको छ। यो अझै फैलिनसक्ने भएकाले भीडभाडमा नजान, धेरै घुमफिर नगर्न, सरसफाइमा ध्यान आग्रह गरेको छ।











