सर्वोच्चको न्यायाधीश नियुक्तिका लागि ६ जना सिफारिस
परिषद् स्रोतले जनाएअनुसार सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल, बालकृष्ण ढकाल र अब्दुल अजिज मुसलमानलाई न्यायाधीशका लागि नियुक्ति सिफारिस गरेको हो।काठमाडौं, मंसिर ५ : न्याय परिषद्को मंगलबार बसेको वैठकले सर्वोच्च अदालतमा ६ जना न्यायाधिश नियुक्तका लागि सिफारिसको निर्णय गरेको छ।
परिषद् स्रोतले जनाएअनुसार सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल, बालकृष्ण ढकाल र अब्दुल अजिज मुसलमानलाई न्यायाधीशका लागि नियुक्ति सिफारिस गरेको हो।
सुवेदी, पौडेल, ढुंगाना र मुसलमान उच्च अदालतका न्यायाधीश हुन् भने पोखरेल र ढकाल वरिष्ठ अधिवक्ता हुन्।
न्यायाधीशमा सिफारिस भएका व्यक्तिको नाम सुनुवाइका लागि संसदीय सुनुवाइ समितिमा पठाइनेछ। समितिले अनुमोदन गरेपछि मात्र नियुक्तिको प्रक्रिया अघि बढ्नेछ।
प्रकाशित मिति: १६:५१ बजे, मंगलबार, मंसिर ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ: देउवाबुधबार, मंसिर १२, २०८१
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ: प्रवक्ता महतबुधबार, मंसिर १२, २०८१
श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीचको भेटमा के भयो कुराकानी ?बुधबार, मंसिर १२, २०८१
बीआरआई ऋणमा लिनु उचित छैन : ज्ञवालीबुधबार, मंसिर १२, २०८१