कोरोना भाइरसका कारण नेकपाका प्रदेश भेला स्थगित
विराटनगर, फागुन २० : नेकपाले प्रदेश १ को भेला तथा प्रशिक्षण कार्यक्रम स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमणबाट जोगिन भेला स्थगित गरिएको नेकपा प्रदेश ....

विराटनगर, फागुन २० : नेकपाले प्रदेश १ को भेला तथा प्रशिक्षण कार्यक्रम स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमणबाट जोगिन भेला स्थगित गरिएको नेकपा प्रदेश कमिटीले जनाएको छ।
चीनबाट सुरू भएको कोरोना भाइरसको संक्रमण संसारभर देखिएको छ। जसले गर्दा नेपाल सरकारले पनि सभा, सम्मेलन नगर्न आग्रह गरेको छ।
सरकारको आग्रहलाई ध्यानमा राखेर प्रदेश १ को कार्यकर्ता भेला तथा प्रशिक्षण स्थगित गरिएको नेकपा प्रदेश अध्यक्ष देवराज घिमिरेले बताए।
उनका अनुसार, परिस्थित सामान्य बनेपछि भेला आयोजना गरिनेछ। प्रदेश १ काे भेला तथा प्रशिक्षण कार्यक्रम झापामा गर्ने तय गरिएको थियो। यस अघि सोमबार सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेश स्तरीय भेला तथा प्रशिक्षण आयोजना गरिएको थियो।











