Kathmandu Press

राष्ट्रिय सभाका १९ सांसदको कार्यकाल आजबाट सकिँदै

काठमाडौँ, फागुन २० : राष्ट्रिय सभाको ५९ सांसदमध्ये १९ जनाको दुई वर्षे कार्यकाल आजबाट सकिँदैछ । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन अनुसार १८ जना माघ १० मा....

राष्ट्रिय सभाका १९ सांसदको कार्यकाल आजबाट सकिँदै

काठमाडौँ, फागुन २० : राष्ट्रिय सभाको ५९ सांसदमध्ये १९ जनाको दुई वर्षे कार्यकाल आजबाट सकिँदैछ । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन अनुसार १८ जना माघ १० मा निर्वाचित भइसकेका छन् भने एक जना सरकारको सिफरिसमा राष्ट्रपतिबाट मनोनित हुन बाँकी  छ ।

राष्ट्रिय सभामा पहिलोपटक ५६ जना सदस्यको नै निर्वाचन भएको थियो भने कूल ५९ मध्ये तीन सदस्य राष्ट्रपतिले मनोनित गरेकी थिईन् । राष्ट्रिय सभा सदस्य चयन विधि अनुसार क्लस्टर विभाजन गरी २०७५ असारमा कार्यकाल विभाजनका लागि गोलाप्रथा गरिएको थियो । जसमध्ये १९ जनाको कार्यकाल आजबाट सकिँदैछ । पहिलो पटकको गोला प्रथामा दुई वर्षे कार्यकालका लागि १९, चार र ६ वर्षे कार्यकालका लागि क्रमशः २० र २० जना सदस्य चयन भएका थिए ।

आजबाट दुई वर्षे कार्यकाल पूरा गर्नेमा नेकपाका नौ जना, नेपाली कांग्रेसका सात, राजपाका दुई र समाजवादी पार्टीका एकजना सांसद रहेका छन् । आजदेखि कार्यकाल सकिनेमा कांग्रेस सांसद सुरेन्द्रराज पाण्डे, सरिता प्रसाई, विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रसाद उपाध्याय र धनकुमारी खतिवडा रहेका छन् ।

नेकपाबाट डा. युवराज खतिवडा, हरिचरण शिवाकोटी, बलराम बास्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपालीको कार्यकाल सकिँदैछ । राजपाका वृशेषचन्द्र लाल र रमेशप्रसाद यादव तथा समाजवादीका रामप्रित पासवान पनि कार्यकाल सकिएर घर फर्कँदै छन् ।

प्रकाशित मिति: ०८:२३ बजे, मंगलबार, फागुन २०, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्