Kathmandu Press

श्रीलङ्कामा राष्ट्रपतिद्वारा संसद् भङ्ग, मध्यावधि चुनाव गराउने घाेषणा

काठमाडौं, फागुन २० : श्रीलङ्काका राष्ट्रपति गोतबाया राजपक्षले संसद् भङ्ग गरेका छन् ।

संसद्को कार्यकाल पूरा हुनु ६ महिनाअघि नै संसद् भङ्ग गर्....

श्रीलङ्कामा राष्ट्रपतिद्वारा संसद् भङ्ग, मध्यावधि चुनाव गराउने घाेषणा
Hardik ivf

काठमाडौं, फागुन २० : श्रीलङ्काका राष्ट्रपति गोतबाया राजपक्षले संसद् भङ्ग गरेका छन् ।

संसद्को कार्यकाल पूरा हुनु ६ महिनाअघि नै संसद् भङ्ग गर्दै आउँदो २५ अप्रिल (वैशाख १३) मा मध्यावधि चुनाव गराउने घोषणा गरेका छन् । सरकारी विभागका अनुसार राजपक्षले आइतबार आधि रातमा संसद् भङ्ग गर्ने राजपत्रमा हस्ताक्षर गरेका हुन् ।

वर्तमान संसद् सन् २०१५ सेप्टेम्बर १ मा नियुक्त गरिएको थियो । श्रीलङ्काको संसद् भङ्ग गर्नका लागि कम्तीमा साढे चार वर्षको कार्यकाल पूरा हुनुपर्छ र यो अवधि आइतबार राति पूरा भएको हो । 

प्रकाशित मिति: ०७:५१ बजे, मंगलबार, फागुन २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्